झापा । जबरजस्ती करणी उद्योग कसुरका आरोपित ब्यवसायी प्रदिप मित्तललाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको हो ।

गत चैत ३ गते दिउँसो मेचीनगर–१४ पाथिभरा टोलकी एक युवतीले आफुलाई अभद्र ब्यवहार गरेको भन्दै जवरजस्ती करणी उद्योग कसुरमा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।

ब्यवसायी मित्तल बिर्तामोड-२ बस्दै आएपनि जाहेरी परेसँगै फरार भएका थिए । सोमबार मित्तल आफै इप्रका धुलाबारीमा उपस्थित भएकाले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।