काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले शपथ ग्रहणपछि पदभार ग्रहण गरेका छन् । उनले आफ्नो कार्यकालको पहिलो निर्णयबारे पनि जानकारी गराएका छन् । उनले सबै कामहरू एकद्वार प्रणालीबाट अघि बढाउने निर्णय लिएका छन् ।
सो क्रममा उनले भीआईपी लावालस्कर लगाएर जनतालाई दु:ख दिने काम गर्न नहुने बताए । ‘कम बोल्ने मान्छे हुँ । एक्सनमा जान्छु । जेनजीको माग अनुसार हामी आएको हो। सुशासनविरुद्धका कुनै काम हुन सक्दैन,’ पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले भने । सर्भिस डेलिभरीका विषयमा गुनासा आउन नदिन उनले कर्मचारीहरूलाई आग्रह गरे ।



















































