काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन शाह नेतृत्वको नयाँ सरकारको अन्तिम तयारी गरेको छ ।रास्वपा स्रोतका अनुसार केही मन्त्रालयको टुंगो लागिसके पनि केहीको बाँकी छ । ती बाँकी भएकाहरुसँग पार्टी सभापति रवि लामिछाने अन्तिम छलफलमा छन् । बालेन यहीँ चैत १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारीमा छन् । सोही दिन सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी छ । हालसम्म १५ देखि १८ सदस्यीय मन्त्रिपरिषद् बनाउनेबारे छलफल भइरहेको स्रोत बताएको छ । रास्वपाले चुनावी वाचापत्रमा मन्त्रालय १८ मा सीमित गर्ने उल्लेख गरेकाले तत्काल १६ वटा मन्त्रालय बनाउने भएको जनाएको छ । केही मन्त्रालय गाभेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी भइरहेको रास्वपाका एक नेताले भने ।