झापा । झापामा सिटी सफारीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । कचनकवल-४ केचनामा मंगलबार साँझ ६ः३० बजे बनियानीबाट लोधाबारी जाँदै गरेको बीआर–११–सी–३०७१ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको प्र–१–०१–००२ ह ६४११ नम्बरको सिटी सफारीसँग दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कचनकवल वडा नम्बर-४ बस्ने बर्ष ५० का सुकदेब गणेश गम्भीर घाइते भएका थिए । उनलाई भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पतालमा उपचारको लागि पठाइएकोमा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरी टोलीले सिटी चालक कचनकवल–४ बस्ने बर्ष १९ का सैजन मियाँ, सिटी र मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।



















































