झापा । मोरङमा देखा परेको बर्डफ्लू झापामा पनि पुष्टि भएको छ । दमक नगरपालिका र झापा गाउँपालिकामा बर्डफ्लू देखा परेको पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख प्रमुख शितल भट्टराईले जानकारी दिइन् । दमक–१० र झापा–७ मा बर्डफ्लू देखा परेको जानकारी दिएकी छन् । दमक १० को दमक एग्रिकल्चर फार्म र झापा गाउँपालिका ७ को सुदीक्षा कृषि फार्मका कुखुरामा बर्डफ्‌लु देखा परेको हो । उनका अनुसार सोही विषयमा जाँचबुझ गर्न कोशी प्रदेश सरकारको रेपिड रेस्पोन्स टिम आएको छ । सो टीमले अध्ययन गरिसकेपछि विस्तृत विवरण आउने उनले जानकारी दिइन् । भट्टराईले दमकको कुखुरा परीक्षण गर्दा हाइली प्याथोजेनिक र झापामा लो प्याथोजेनिक देखा परेको बताइन् । झाप-७ का दुर्गाप्रसाद भट्टराईले पालेको कुखुरामा देखिएको लो प्याथोजेनिक बर्डफ्‌लु उपचारबाट निको हुनसक्ने तर, दमकका कुखुरा नष्ट गर्नुपर्ने बताइएको छ ।