बिर्तामोड । घरबाट विद्यालय जाने भन्दै हिडेका दुईजना बालीका सम्पर्कबिहिन भएका छन् । आइतबार बिहान ८ः१५ बजे घरबाट बिद्यालय जान्छौं भनी हिडेका झापा अर्जुनधारा-५ बस्ने इन्द्रप्रसाद गौतमकी १५ बर्षीया छोरी रन्जना गौतम र सोही ठाउँ बस्ने बिनोद कर्मकारकी छोरी बर्ष १५ वर्षीया दृष्टि कर्मकार बेपत्ता भएका हुन् ।

गौतम र कर्मकर दुबैजना बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययन छात्रा हुन् । दुवै जनाका बुबाआमा बैदेशिक रोजगारीमा रहेकाले दुबैजना अर्जुनधारा-५ कञ्चनबारी टोलस्थित हरि सापकोटाको घरमा बसेर दुईवर्ष यता देवी माविमा  पढ्दै आएका थिए ।घरधनी सापकोटाले राति इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएका छन् ।