झापा । नेपाली कम्युनिष्ट पार्टीकी उम्मेद्वार धर्मशीला चापागाँईको घरमा चोरी भएको छ । हिजो राति अर्जुनधारा-५ देवभूमि स्कुल छेउ चापागाँईको अढाई तले घरमा कोही नभएको अवस्थामा घरको मुल ढोका फोडी घरभित्र कोठाको दराजमा रहेको नगद ५० हजार चोरी भएको हो । चापागाँई काठमाडौं गएकी छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर अनुसन्धान भइरहेको जनाइएको छ ।



















































