झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीका ९६ वर्षीया मोहन ओलीको गएराति ३ वजे काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय मोहन ओली केही समयदेखि अस्वस्थ रहेको बताइएको छ । उनको निधनप्रति विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।



















































