हल्दिवारी ।  गयराती हावा पानीसँगैका कारण रुखले किचेर झापामा एक युवतीको मृत्यु भएको छ । राती १२ बजे झापाको हल्दिवारी २ पाराखोपीस्थित प्रेमलाल राजवंशीको १७ वर्षीया छोरी आरती राजवंशीको घटनास्थलमै मृत्युु भएको हो । घरको छेउमा रहेको आपको रुख हावाले पल्टाएको थियो । रुख पल्टिँदा राजवंशीको घरमा पुगेको थियो । रुखको हाँगाले लागेर सुतिहरेकी आरतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी चौकी हल्दिबारी र शसस्त्र प्रहरीको सहयातामा ढलेको रुख हटाइएको थियो । मृतक राजवंशीलाई पोष्टमार्टका लागि मेची प्रादेशिक अस्पताल पुर्याइएको जनाएको छ ।