खोटाङ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत खोटाङ क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका उम्मेद्वार आरेन राई विजयी भएका छन्। राईले १६,६१२ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेद्वारलाई फराकिलो अन्तरले पछाडि पारेका छन्।निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देव विक्रम राईले १२,७१४ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार वीर काजी राईले ११,९५७ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्। आरेन राईले एमालेका उम्मेद्वारलाई ३,८९८ मतान्तरले पराजित गरेका हुन्।



















































