मेचीनगर । प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र न १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निशा डाँगी विजयी भएकी छन् । मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेद्वार डाँगी फराकिलो मतान्तर सहित विजयी भएकी हुन् ।
उनले ४५ हजार ६८० मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेद्वार केशवराज पाण्डेले १०हजार ५५० मत प्राप्त गर्न सफल भएका छन् । डाँगी र पाण्डेबीचको मतान्तर ३५ हजार १३० रहेको छ ।
तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत प्राप्त गरेका छन् भने चौथो स्थान हासिल गरेको नेकपा एमालेका उम्मेद्वार रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत प्राप्त गरेका छन् ।
फागुन २१ गते भएको निर्वाचनमा झापा १ मा ८३८२२ मत खसेको थियो । जसमा ७०७७ मत बदर भएको छ ।



















































