झापा । झापामा ६४ दशमलव २४ प्रतिशत मत खसेको छ । कुल ७ लाख १३ हजार ५ सय ३७ जना मतदातामध्ये उक्त मत खसेको निर्वाचन आयोग झापाले जनाएको छ । क्षेत्र नं.१ मा ६३ दशमलव ९५ प्रतिशत मत खसेको छ ।विहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको चुनावमा झापा–१ मा उच्च श्रोतका अनुसार ८३ हजार ८२२ मत खसेको हो । एक लाख ३१ हजार ६७ जना मतदाता रहेको क्षेत्र नं.१ मा ४३ हजार ७८२ जना महिला र ४० हजार ४० जना पुरुष गरी ८३ हजार ८२२ जनाले मतदान गरेका हुन् ।
त्यस्तै क्षेत्र नम्बर २ मा १ लाख ४७ हजार ५२२ मध्ये ९६ हजार २५३ जनाले मतदान गरेका छन् । उक्त मतदान ६५ दशमलव २५ प्रतिशत हो । जसमा ५० हजार ४३९ जना महिला र ४५ हजार ८१३ जना पुरुष रहेका छन् ।
त्यस्तै क्षेत्र नम्बर ३ मा ८८ हजार ४४९ जनाले मतदान गरेका छन् । जसमा ४७ हजार २६८ जना महिला र ४१ हजार १८१ जना पुरुष रहेका छन् । मतदान ६२ दशमलव ७९ प्रतिशत हो । ३ मा १ लाख ४० हजार ८५७ जना मतदाता रहेका छन् । त्यसैगरी क्षेत्र नम्बर ४ मा ८३ हजार ४६६ जनाले मतदान गरेका छन् । जसमा ४४ हजार ११४ जना महिला र ३९ हजार ३५१ जना पुरुषले मतदान सहभागी भएका छन् । ६३ दशमलव ८५ प्रतिशतले मत खसालेको झापा जिल्ला निर्वाचन आयोगले जनाएको छ ।
सबैभन्दा बढी क्षेत्र नं ५ मा १ लाख ६ हजार ३९० जना मतदाताले मताधिकार प्रयोग गरेका छन् । त्यसपछि क्षेत्र नं २ मा ९६ हजार २५२, क्षेत्र नं ३ मा ८८ हजार ४४९, क्षेत्र नं १ मा ८३ हजार ८०३ र क्षेत्र नं ४ मा ८३ हजार ४६५ जनाले मतदान गरेका छन्। नयाँ मतदाता थपिएको झापामा यस वर्षको निर्वाचनमा मतदानको दर बढ्ने अपेक्षा गरिएको थियो । यसपटक ५० हजार नयाँ मतदातासहित झापामा सात लाख १३ हजार ५३७ मतदाता पुगेका छन् ।



















































