झापा । झापा जिल्ला कारागार झापामा रहेको अस्थायी मतदान केन्द्रमा शतप्रतिशत मत खसेको कार्यालय प्रमुख रेवन्त भट्टराईले बताए । १०१ जना पुरुष, ६ जना महिलासहित १०७ जना कैदीबन्दीले मतदान गरेका छन् । मतदाता नामावलीमा १०७ जना कैदीबन्दीको नाम रहेको थियो । सोही अनुसार नै मत खसेको हो  ।