काँकरभिट्टा । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पुर्वको काँकरभिट्टा सीमा नाका बन्द गरिएको छ ।
खुल्ला सीमा क्षेत्रबाट हुनसक्ने अस्वभाविक घटना हुन नदिन नाका सिल गरिएको हो । फागुन १८ गते साेमबार राति १२ वजेदेखि २१ गते राती १२ वजे सम्मका लागि बाेर्डर बन्द गरिएको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी निमेश चाँपागाईले जानकारी दिए । बाेर्डर शील भए पनि सिकिस्त विरामी बाहेक जाे काेहीलाई नेपाल-भारतबाट आउन-जान राेक लगाईएकाे छ ।
सुरक्षा समिति झापाले जिल्लाकाे १४८ किलोमिटर सीमा नाकामा विरामी बाहेकलाई आउन तथा जान पूर्णरूपमा बन्द गर्ने निर्णय गरेकाे चाँपागाईकाे भनाई छ ।
तर, मंगलबार दिउँसो सुरक्षाकर्मीले भारतबाट नेपाल आएका नेपाली र नेपालबाट भारत हिडेका भारतीय नागरिकलाई आवश्यक डकुमेन्ट देखाएर जान दिईरहेकाे छ । फागुन २१ गते हुने चुनावका लागि सीमा नाकामा कडाई गरिएको छ ।















































