झापा । झापाको दमकमा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १० जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला तथा हिडडुल गर्नेहरुलाई दमक प्रहरीले पक्राउ गरेको छ। गएराति ९ बजेर ४५ मिनेट तिर इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी नायव उपरीक्षक किशोर लम्साल कमाण्डको प्रहरी टोलीले दमक नगरपालिकाका विभिन्न स्थानमा गस्ती गरेको थियो ।

त्यसक्रममा पक्राउ पर्नेहरुमा दमक–५ बस्ने बर्ष २२ का अनिस रसाईली, सोही ठाउँ बस्ने बर्ष १९ का विवेक खड्का, बर्ष २९ का जोन बिश्वकर्मा, कमल–५ बस्ने बर्ष ५३ का अशोक मुखिया, सोही ठाउँ बस्ने बर्ष ३९ का हर्क राई, बर्ष ६६ का डम्बर राई, गौरादह–२ बस्ने बर्ष ४५ का उद्धवराज ताजपुरिया, इलाम चुलाचुली –४ बस्ने बर्ष ३७ की सानी भन्ने छवि लिम्बू, दमक–४ बस्ने बर्ष ४० की सावित्रा लिम्बू र दमक–६ बस्ने बर्ष ३७ का अख्तर खान रहेको प्रहरीले जनाएको छ ।