धुलाबारी । झापाको मेचीनगर–१० स्थित हिमालयन इङ्लिस एकाडेमीको आयोजनामा भएको ‘हिमालयन इन्टर स्कूल फुटबल च्याम्पियनसीपको उपाधि सूर्योदय इङ्लिस बोर्डिङ स्कूल काँकरभिट्टाले हात पारेको छ ।
फाइनल खेलमा एभरेष्ट भ्यु इङ्लिस बोर्डिङ स्कूल इटाभट्टालाई पराजित गर्दै सूर्योदयले उपाधि हात पारेको हो । विजेता बनेसँगै सूर्योदयले नगद १० हजारसहित ट्रफी तथा प्रमाण प्राप्त गरेको छ ।
उपविजेता बनेको एभरेष्टले नगद ५ हजार रुपैयाँमा चित्त बुझाउनु पर्यो । फुटबल प्रतियोगितामा मेचीनगरका १८ वटा विद्यालय टिमको सहभागिता रहेको प्रिन्सिपल जगत बहादुर तामाङले जानकारी दिए ।
विद्यालय संस्थाका निर्देशक कमलप्रसाद कोइरालाको अध्यक्षता तथा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर प्याब्सन अध्यक्ष विक्रम क्षेत्री, ल्होत्से स्कूलका निर्देशक धनराज थापा, रोलिङ क्लब धुलाबारीका अध्यक्ष नोभेम्बर नेम्वाङ, रिदम क्लब मेचीनगरका अध्यक्ष रुद्रकुमार रोक्का लगायतको आतिथ्यता रहेको थियो । विद्यार्थी पुजा पराजुलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रस्तुती भण्डारीले गरेकी थिइन् ।



















































