IMG_20260302_111243मेचीनगर । आम मतदाताकै उत्साहबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो जीत सुनिश्चित भएको रास्वपाकी उम्मेद्वार निशा डाँगीको दाबी छ । झापा १ की  उम्मेद्वार डाँगीले सोमबार पत्रकारहरूसँग कुरा गर्दै आम मतदाताको सहयोग र उत्साहबाट चुनाव जित्ने आधार पक्का भएको दाबी गरेकी हुन् । क्षेत्र नम्बर १ बाट सबै आमा-बुवा तथा युवाहरुको मत नै आफ्नो जित्ने आधार बनेको उनको भनाई थियो । पत्रकार सम्मेलनमा डाँगीले भनिन्,` यो क्षेत्रकाे साझा समस्या बुझेको छु । त्यसमा पनि सदनमा हुँदा आवाज बुलन्द गरेकै थिएँ । देशमा आम मतदाताहरुमा पुराना पार्टीको नेतृत्वप्रति जागेको निराशा नै जीतको आधार भएको उनकाे भनाई थियोे । निराशालाई जागाउँदै परिवर्तन गर्न `घण्टी चिन्ह´ लिएर आएका छौं, `उनले भनिन्, `हामी अनावश्यक टावर बनाउँदैनौं, पुल आवश्यक छ भने पुल बनाउछौं, कृषकलाई मल-सिचाइँ आवश्यक छ भने मल र सिचाइँको ब्यवस्थापन गरिदिन्छौं, त्यो अर्को जित्ने आधार हो।´ उनले लागुऔषध दुर्ब्यशनीलाई नियन्त्रण गर्न युवालाई खेलकुद, रोजगार र मनोरञ्जनमा सहभागी गराईने योजना अघि बढाउने बताइन् । दीर्घकालीन रुपमा हात्ती समस्या समाधान गर्न योजना बिज्ञसँग छलफल गरेर अघि बढ्ने उनको भनाई थियो । पत्रकार सम्मेलनमा रास्वपाका केन्द्रिय सदस्य ओमनाथ भण्डारी, जिल्ला सदस्य कलम गौतम, मेचीनगरका इन्चार्ज भीम कुँवरको सहभागीता रहेको थियो ।