झापा । भ्रष्टाचाररहित सुशासन र जनतामा समुन्नतिसहितको मुलुक निर्माणका लागि झापा क्षेत्र नम्बर १ का उम्मेद्वारहरुले प्रतिबद्धता जाहेर गरेका छन् । मंगलबार धुलाबारी जेसीजले आयोजना गरेको उम्मेद्वारसँग मतदाताकाे प्रत्यक्ष संवाद (ककस) कार्यक्रममा सहभागी उम्मेद्वारहरुले समृद्ध नेपालका लागि प्रतिबद्धता जाहेर गरेका हुन् । सहभागी उम्मेद्वारमध्ये  प्रायःको एउटै संकल्प थियो `भ्रष्टाचार र वेतिथि अन्त्य गछौं ।´ सरकारले जनताको हितभन्दा बढी अनुउत्पादक क्षेत्रमा पुर्वाधार निर्माणमा खर्च गरेकाले त्यसलाई सुधार गर्ने संकल्प गरेका थिए ।Screenshot_20260224_214934_Gallery

अशेष घिमिरे (उम्मेद्वार) नेपाली कम्युनिस्ट पार्टी

देशमा धनी र गरीब बीचको खाल्टो पुर्न आफ्नो पार्टीको एजेन्डा अगाडि लिएर हिडेको बताए । सार्वजनिक लगानी अपरिहार्य भएको उल्लेख गरेका थिए । जनमुखी र आयआर्जनमुखी उत्पादन क्षेत्रमा राज्यको ध्यान नपुग्दा आमनागरिकले शास्ती र महंगी सामना गर्नुपरेको उल्लेख गरेका थिए । हरेक नागरिकले शिर ठाडो पारेर बाँच्न पाउने गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी ग्यारेन्टीसहित लोकतान्त्रिक विधिको शासन स्थापित गर्ने बताए । 

Screenshot_20260224_214940_Galleryकेशवराज पाण्डे (उम्मेद्वार) नेपाली कांग्रेस

जेनजी आन्दोलनपछि आफ्नो पार्टीमा युवा नेतृत्व आएकाले देशको आमूल परिवर्तन गर्न आफ्नो उम्मेद्वारी रहेको बताए । भ्रष्टाचार नियन्त्रण र सरकारी सेवामा ढिलासुस्ती अन्त्य गरी नागरिकले घरमै बसेर सेवा पाउने प्रबन्ध मिलाउने, निजी क्षेत्रको प्रवर्द्धन र सम्पत्ति सिर्जनालाई प्रोत्साहन गर्ने नीति अघि सारिएको उल्लेख गरेका थिए ।

Screenshot_20260224_215026_Galleryरामचन्द्र उप्रेती (उम्मेद्वार) नेकपा एमाले  

भ्रष्ट सोचको अन्त्य गर्दै बिधिको शासन स्थापित गर्नका लागि आफ्नो उम्मेद्वारी  रहेको बताए । उनले राजनीति विकास, पुर्वाधार विकाससँग मानवीय विकास जोडिएकाले विकासको मोडेल पुनरावलोकन गर्नुपर्ने देखिएको उद्घोष गरेका थिए । Screenshot_20260224_220053_Galleryकार्यक्रममा उज्यालो नेपाल पार्टीका उम्मेद्वार नरेश लावतीले उर्जा क्षेत्रमा उत्पादन, पर्यटनकीय  क्षेत्र विकास र कृषि उत्पादनलाई प्राथमिकता दिन आफ्नो उम्मेद्वारी भएको बताए । उनले देशमै रोजगारी शृजना गर्न प्रशस्तै आधारलाई उपयोग गर्ने बताए । Screenshot_20260224_215122_Galleryराप्रपाका उम्मेद्वार हेमराज कार्कीले समाजबादकै कारण देश अधोगतितर्फ पुगेकाले सुधार गर्नपर्ने तर्क राखेका थिए । देशको मेरुदण्ड नै आर्थिक हो । त्यसैले औद्योगिक उत्पादनलाई जोड दिनुपर्नेछ त्यसका लागि देशमा समाजवादको अन्त्य हुन आवश्यक भएको बताए । उनले समाजबादकै कारण बिदेशीको लगानी नेपालमा भित्रीन नसक्ने धारणा राखेका थिए । Screenshot_20260224_215134_Galleryकार्यक्रममा श्रम सस्कृति पार्टीका उम्मेद्वार केवलराम राईले `श्रमको सम्मान र स्वावलम्बी राजनीति’ को नारामा हर्कवादलाई प्राथमिकता दिएको वताए । उनले प्रकृतिको संरक्षण प्रवर्द्धन गर्दै आर्थिक प्रगती गर्न सकिने धारणा राखेका थिए । Screenshot_20260224_220114_Galleryमंगोल नेशनल अर्गनाइजेसन पार्टीका उम्मेद्वार सन्तोष तामाङले देशको विकासका लागि आफ्नो पार्टीको मुख्य भुमिका रहेको उल्लेख गरेका थिए । ठूला दलले देशमा भ्रम र भ्रष्टको खेती गरेकाले त्यसको सुधारका लागि आफ्नो उम्मेद्वारी रहेको बताएका थिए । उक्त कार्यक्रम रास्वपाकी उम्मेद्वारको कुर्सी खाली थियो । सहभागी उम्मेद्वारले  मतदाताले राखेको तीन तीन वटा लिखित प्रश्न जवाफ दिएका थिए  ।Screenshot_20260224_215153_Gallery

धुलाबारी जेसीजका अध्यक्ष मनोज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चारआली जेसीजका अध्यक्ष सन्जय निरौलाले कार्यक्रमको औचित्यमाथि प्रकाश परेको कार्यक्रमको सञ्चालन केशव पोख्रेलले गरेका थिए ।