झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले देशमा शान्तिपूर्ण राजनीति स्थायित्व खोजेको बताएका छन् । अध्यक्ष ओलीले सोमबार दमकमा आयोजित कोशी प्रदेश कमाण्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । देशको बिकासको जिम्मा एमालेले लिएको समेत बताए ।उनले आन्दोलनको नाममा विगतमा जस्तो देश जलाउन र प्रहरीको हतियार खोस्न अब कसैले नसक्ने दाबी गरे । नेसनल भोलेण्टियर फोर्स राष्ट्रको पक्षमा समर्पित हुने र प्रहरी प्रशासनलाई सहयोग गर्ने बताए । उनले भने, “यो जनताको शक्ति हो र अनुशासनमा बसेर काम गर्छ ।” अध्यक्ष ओलीले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ रहेको बताउँदै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्नेमा जोड दिए ।  नेकपा एमालेले कोशी प्रदेश स्तरीय नेशनल युथ फोर्स गठन गरेको उनको भनाई छ । उनले चुनावी सभालाई सम्बोधन गर्दै देशभरका जिल्लाका सदरमुकामहरु सडक सञ्जालमा जोडिसकेको बताए ।