भोजपुर । चुनावी सुरक्षाका लागि बेस क्याम्प निर्माण गर्न सेना बोकेको बस दुर्घटना हुँदा २४ जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये  ५ जना गम्भिर घाइते भएको जनाएको छ । घाइतेमध्ये ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको भोजपुर प्रहरीले जनाएको छ । 

ना४ख ७३१७ नम्बरको यात्रुबहाक बस भोजपुर-३ स्थित सेतीबगरमा बस दुर्घटनामा परेको हो ।  भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना त्यसतर्फ जादै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट टेम्केमैयुङका लागि लगिएको थियोे ।