विर्तामोड । झापाको अर्जुनधारा-११ स्थित क्षितिज महिला विकास सुधार केन्द्रमा रहेको एक महिलाको मृत्यु भएको छ। अचानक पेट दुखेपछि उनलाई उपचारका लागि बी एण्ड सी अस्पताल लगिएको थियो। मंगलबार बिहान करिब ९ः१५ बजे उनको उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको अस्पताल स्रोतलाई उद्रित गर्दै जिल्ला प्रहरी कार्यालयल झापाले जनाएको छ।
कार्यालयका अनुसार शिवसताक्षी नगरपालिका–१० माइधार बस्ने ३२ वर्षीया सुष्मा लिम्बु फागुन ३ गतेदेखि सुधार केन्द्रमा राखिएएको थियो । उनलाई मदिरा सेवनका कारण परिवारले सुधार केन्द्रमा राखेको बताइएको छ।



















































