झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपाने लालमाटीस्थित ओमकार रेडिमेन्स कङ्क्रिट प्रालिमा काम गर्ने एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ । गएराति करिब ११ः३० बजे मिक्सर मेसिन सफा गर्ने क्रममा करेन्ट सट भई घाइते भएका शिवसताक्षी नगरपालिका–४ बस्ने २८ वर्षीय राजीव राजवंशीको उपचारका क्रममा मृत्यु भएको हो ।

उनी सो उद्योगमा हेल्परका रूपमा कार्यरत थिए । प्रहरीका अनुसार मिक्सर मेसिन सफा गर्ने क्रममा मेसिनमा हिल्टी हान्दा अचानक करेन्ट सट भई गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि बीएन्डसी अस्पताल बिर्तामोड लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।