धुलाबारी । झापाको मेचीनगर-७ रहेको होटल मेची क्राउनमा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । भारत उत्तर दिनाजपुर पश्चिम बंगाल बस्ने ५६ वर्षीय माफिजुद्दिन सरकारको मृत्यु भएको हो । उनी सोमबार बिहान ३ बजे श्रीमती ४६ वर्षीया डिलोरा बिबीसहित होटल मेची क्राउनमा बास बस्न आएका थिए । माफिजुद्दिन सरकारको स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारको लागि हिजो बिहान ११ बजे शिखर अस्पताल धुलाबारीमा लिएर गएकी थिइन् । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिएका थिए ।















































