चारआली । झापाको मेचनगर-१३ चारआलीमा एकजना मानिस मृत अवस्थामा फेला परेका छन् । गएराति चारआलीका जीवन कार्कीको घरको वरन्डामा पाँचथर फिदिम-४ घर भई विगत ९–१० बर्षदेखि चारआली क्षेत्रमा मागी खाइहिड्ने ३८ वर्षीय तपस नेपाली मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक नकुलराज गौतमको कमाण्डमा टोली खटिएर कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । मृतकका आफन्तलाई जानकारी गराइएको प्रहरीले जनाएको छ ।