झापा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा संयन्त्रलाई सशक्त बनाएको छ । निर्वाचन आयोगले उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरिसकेको भए पनि प्रचार–प्रसारका गतिविधि अनौपचारिक रूपमा तीव्र बन्दै गएपछि प्रहरीले सम्भावित जोखिमको मूल्यांकन गर्दै अतिरिक्त सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो । सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा संयन्त्रलाई सशक्त बनाएको छ । निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिसकेको भए पनि प्रचार–प्रसारका गतिविधि अनौपचारिक रूपमा तीव्र बन्दै गएपछि प्रहरीले सम्भावित जोखिमको मूल्यांकन गर्दै अतिरिक्त सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो । FB_IMG_1769679003926केन्द्रीय प्रहरी नेतृत्वले प्रदेश तथा जिल्ला तहका सुरक्षा निकायसँग समन्वय गरी दैनिक रूपमा सुरक्षा अवस्थाको विश्लेषण गरिरहेको प्रहरी स्रोत बताउँछ । संवेदनशीलता र सम्भावित चुनौतीका आधारमा देशभर ६ जिल्लालाई उच्च सुरक्षा चुनौतियुक्त क्षेत्रका रूपमा सूचीकृत गरिएको छ । प्रारम्भिक मूल्यांकन अनुसार ती जिल्लामा उम्मेदवारको राजनीतिक हैसियत, अघिल्ला निर्वाचनका अनुभव, सामाजिक–राजनीतिक तनाव र स्थानीय गतिविधिलाई मुख्य आधार बनाइएको छ । उच्च निगरानी सूचीमा परेका जिल्लामा अतिरिक्त प्रहरी टोली परिचालन गरिएको छ भने नियमित जनशक्ति अपुग हुने स्थानमा गण र गुल्मबाट सहयोगी टोली पठाइएको छ । उच्च निगरानीमा राखिएका जिल्लामध्ये एक जिल्लामा पूर्वप्रधानमन्त्री तथा ठूला राजनीतिक दलका शीर्ष नेताहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ । सोही कारण त्यहाँ निर्वाचन गतिविधि लक्षित निगरानी बढाइएको प्रहरी स्रोतको भनाइ छ । यद्यपि, केही ‘हाइ प्रोफाइल’ उम्मेदवार हाल जिल्ला बाहिर रहेकाले उनी फर्किएपछि सुरक्षा व्यवस्थापन थप कडाइ गरिने बताइएको छ । अन्य उच्च चुनौतिका रूपमा सूचीकृत जिल्लाहरूमा पनि पूर्वप्रधानमन्त्री, प्रमुख दलका शीर्ष नेता तथा प्रभावशाली राजनीतिक व्यक्तित्वहरू उम्मेदवार रहेकाले प्रहरीको ध्यान केन्द्रित छ । कतिपय जिल्लामा पूर्व द्वन्द्वकालीन पृष्ठभूमि भएका उम्मेदवार, फौजदारी अभियोग लागेका व्यक्ति तथा विवादास्पद समूहसँग जोडिएका नेताहरू मैदानमा रहेकाले सुरक्षा संयन्त्र सतर्क बनाइएको छ । केन्द्रीय प्रहरीका अनुसार अपराध अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान व्युरो (सीआईवी) र विशेष व्युरोले संयुक्त रूपमा दैनिक सुरक्षा विश्लेषण गर्दै आवश्यक परे तैनाथी हेरफेर गर्ने योजना बनाइरहेका छन् ।सीमावर्ती २२ जिल्ला उच्च जोखिममा निर्वाचन सुरक्षाको दृष्टिले भारतसँग खुला सीमा जोडिएका २२ जिल्लालाई प्रहरीले उच्च जोखिमयुक्त क्षेत्र मानेको छ । ती जिल्लामा सशस्त्र प्रहरी बलसँग समन्वय गरी सीमा निगरानी कडा बनाइनेछ । खुला सीमाका कारण हुने अवाञ्छित आवतजावत, अवैध सामग्री ओसारपसार तथा बाह्य हस्तक्षेपको सम्भावनालाई ध्यानमा राखेर विशेष सतर्कता अपनाइएको हो ।अघिल्ला घटनाबाट पाठ, दोलखा र स्याङ्जामा सतर्कता अघिल्ला निर्वाचनमा मुठभेड र बुथ कब्जाजस्ता घटनाले चर्चामा आएका दोलखा र स्याङ्जामा यसपटक विशेष सतर्कता अपनाउन स्थानीय प्रहरी नेतृत्वलाई निर्देशन दिइएको छ । विगतका अनुभवका आधारमा त्यस्ता घटना दोहोरिन नदिन आवश्यक परे थप सुरक्षा जनशक्ति परिचालन गरिनेछ । मतपेटिका ओसारपसार, मतपत्रको सुरक्षा, मतदानस्थल र मतगणना स्थलको सुरक्षाको सम्पूर्ण जिम्मेवारी सम्बन्धित जिल्ला प्रहरी कार्यालयले सम्हाल्नेछन् । प्रत्येक चरणमा जोखिम मूल्यांकनका आधारमा सुरक्षा योजना परिमार्जन गरिने प्रहरीले जनाएको छ । डिजिटल माध्यमबाट हुन सक्ने प्रभाव र चुनौतिलाई मध्यनजर गर्दै निर्वाचन आयोग परिसरमै ‘कमाण्ड पोष्ट’ स्थापना गरिएको छ । उक्त युनिटले अनलाइन प्लेटफर्ममार्फत हुने गतिविधिको निगरानी गर्दै आचारसंहिता विपरीतका गतिविधि नियन्त्रण गर्नेछ । सो प्रयोजनका लागि नेपाल प्रहरीले सूचना प्रविधि निर्देशनालयबाट एक डीएसपीको नेतृत्वमा टोली खटाएको छ । प्रहरी स्रोतका अनुसार निर्वाचनको सम्पूर्ण अवधिभर सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’मा रहनेछ । प्रारम्भिक सुरक्षा विश्लेषणअनुसार देशभरिका ६ जिल्लालाई प्रहरीले उच्च सुरक्षा चुनौतियुक्त जिल्लाका रूपमा सूचीकृत गरेको छ । त्यसमध्ये झापा जिल्लालाई पहिलो नम्बरको सुरक्षा चुनौतियुक्त जिल्ला (हाई अलर्ट) का रूपमा लिइएको छ । प्रहरी स्रोतका अनुसार झापामा नियमित रूपमा तैनाथ हुने प्रहरी जनशक्ति अपुग भएका कारण विभिन्न गण र गुल्मका टोली खटाइएको छ । जिल्ला प्रहरी कार्यालयको समन्वय र व्यवस्थापनमा ती टोली झापाका विभिन्न प्रहरी कार्यालयमा छरिएका छन् । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसहितका उम्मेदवारीबीच चुनावी प्रतिस्पर्धा हुने झापा–५ लाई लक्षित गर्दै प्रहरीका थप टोली तैनाथ भएका हुन् । त्यहाँ पठाइएको थप टोलीले क्षेत्र नम्बर ५लाई लक्षित गरेर आवश्यक काम गर्दैछ । यद्यपि, उक्त क्षेत्रका ‘हाइप्रोफाइल’ उम्मेदवारमध्ये ओली र शाह दुवै जिल्लाबाहिर छन् । झापापछि उच्च सुरक्षा चुनौति रहेका जिल्ला सप्तरी, सर्लाही, चितवन, गोरखा र रुकुमपूर्व हुन् । प्रहरीले सामान्यतया उम्मेदवारहरूको हैसियतका आधारमा कुन जिल्ला कति चुनौतियुक्त भन्ने कुराको निक्र्यौल गरेको उच्च स्रोत बताउँछ । झापापछिको उच्च सुरक्षा चुनौति रहेको दोस्रो जिल्ला रुकुम, तेस्रो गोरखा, चौथो चितवन, पाँचौ सर्लाही र छैठौँमा सप्तरी छ । दोस्रो सुरक्षा चुनौतिका रूपमा तोकिएको जिल्ला रुकुम पूर्वमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी प्रतिस्पर्धाका लागि गएका छन् । उनका बिरुद्ध एमाले र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार मुख्य प्रतिस्पर्धी हुने कारण सबै उम्मेदवारका गतिविधिलाई प्रहरीले उच्च निगरानीमा राख्ने भएको छ । त्यहाँ पनि बुटवलस्थित प्रहरी तालिम केन्द्रसहित विभिन्न गण र गुल्मका थप टोली पुगिसकेका छन् । रुकुमपूर्वमा प्रचण्डका प्रतिस्पर्धीमध्ये क्रमशः एमालेका लीलामणि गौतम, प्रलोपाका सन्दीप पुन, नेपाली कांग्रेसकी कुसुमदेवी थापा र रास्वपाका लखनकुमार थापालाई प्रहरीले सम्भावित घटनासँग सम्बन्धित हुने आँकलन गरेको स्रोतले जनायो । एमाले मुख्य प्रतिस्पर्धी भएका कारण र प्रलोपाका उम्मेदवार आफैँ पूर्व लडाकु भएका कारण त्यस्तो अनुमान गरिएको हो । तेस्रो जिल्ला गोरखामा विभिन्न किसिमका फौजदारी अभियोग लागेका र जेन–जी आन्दोलनका अगुवासमेत उम्मेदवार रहेका कारण रुकुम पूर्वपछिको चुनौतिपूर्ण जिल्लाका रुपमा लिइएको हो । त्यहाँको क्षेत्र नं. १मा जेन–जी आन्दोलनका अगुवा सुधन गुरुङ (रास्वपा), कांग्रेसका प्रेमकुमार खत्री र एमालेका आरसी लामिछानेबीचको प्रतिस्पर्धा हुने अनुमानसहित प्रहरीले सुधनमाथि हुने सम्भावित सुरक्षा चुनौतिलाई दृष्टिगत गर्दै थप टोली पठाइएको प्रहरी स्रोतको भनाइ छ । क्षेत्र नं. २मा एमालेबाट ‘चक्रे मिलन’ का नामले चिनिने मिलन गुरुङ उम्मेदवार छन् । उनीसँग रास्वपाका कवीन्द्र बुर्लाकोटी, नेपाली कांग्रेसका प्रकाशचन्द्र दबाडी, नेकपाका लेखनाथ न्यौपाने मुख्य प्रतिस्पर्धी छन् । उम्मेदवारी यही ‘भद्रगोल’ देखेर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दर्ता गरेको उम्मेदवारी पनि फिर्ता लिएका थिए । प्रहरीले उम्मेदवारहरूको स्थिति (विगतको पृष्ठभूमि) लाई ख्याल गर्दै पोखरास्थित प्रहरीका गण र गुल्मबाट थप टोली पठाउने भएको हो । चौथो जिल्लाका रुपमा रहेको चितवनमा रास्वपा सभापति रवि लामिछाने र नेकपाकी रेनु दाहालको उम्मेदवारीका कारण सुरक्षा चुनौति हुनसक्ने विश्लेषण प्रहरीले गरेको हो । पाँचौं जिल्लामा राखिएको सर्लाहीमा नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार छन् । सुरक्षा चुनौतिका दृष्टिले छैठौँ जिल्ला मानिएको सप्तरीमा जसपा अध्यक्ष उपेन्द्र यादव क्षेत्र नं. ३ र जनमत पार्टीका अध्यक्ष सीके (चन्द्रकान्त राउत) क्षेत्र नं. २ बाट उम्मेदवार छन् ।