बिर्तामोड । २२ औं स्थापना दिवसको अवसरमा प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति झापाले स्नेही घरमा खाद्यान्न सामग्री तथा फलफूलमा बितरण गरेको छ । सेन्टरले बिर्तामोड–४ लालीगुराँस टोलमा गुरुप्रसाद-डिकमाया फाउन्डेसनद्वारा सञ्चालित स्नेहामाया घर जेष्ठ नागरिकलाई खाद्यान्न सामग्री र फलफूल बितरण गरेको हो । गुरुप्रसाद–डिकमाया फाउन्डेसनद्वारा सञ्चालित स्नेहा माया घरले लामो समयदेखि बेसहारा जेष्ठ नागरिकको सेवा, संरक्षण तथा हेरचाह गर्दै आइरहेको छ। औपचारिक समारोह गरेर  स्थापना दिवस मनाउँदै आएको प्रेस सेन्टर नेपाल झापाले यो पटक मानवीय सेवा अन्तरगत असाहय, बयोबृद्वाका लागि स्नेही घरमा खाद्यान्न सामग्री सहयोग पुर्याएको हो ।  प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्काको अगुवाई भएको खाद्यन्न बितरण कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्य राजु पाठक, निवर्तमान केन्द्रीय सदस्य लीलाराज झापाली, निवर्तमान सचिव उद्दव पुरी, प्रदेश सदस्य सिएम शर्मा तथा प्रेस सेन्टर झापाका पदाधिकारी तथा सदस्यहरूको सहभागीता रहेको थियो ।