बिर्तामोड । काजी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.ले छुट्टाछुट्टै बिद्याका १५ जना जेन-जी युवालाई सम्मान गरेको छ । लोकतन्त्र पोष्ट ‘पौरखी जेनजी’ नामक विशेष म्यागेजिन लोकार्पण कार्यक्रमबीच विभिन्न विद्यामा कृयाशिल १५ जना जेन-जी युवालाई सम्मान गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि एबम् जेनजी प्रतिभा छनोट समितिका संयोजक एबम् सामाजिक अभियन्ता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले सम्मान गरेका हुन् । प्रमुख अतिथि गिरीले १५४ जना पौरखी युवामध्येबाट १५ जनालाई छनोट गरेको जानकारी दिएका थिए । सत्कर्म, सीप क्षमता र त्यहीँ क्षेत्रलाई आत्मनिर्भर बनाएका जेनजी पुस्ताको जिवनी समेटेर म्यागजिन तयार पारिएको थियो ।
सम्मानित हुनेमा स्वेता बुढाथोकी, कृपेश कार्की, कृपा चापागाई, डा. चेतनराज कार्की, गायिका रचना रिमाल, सविन बाँस्कोटा, गायक अशोक दर्जी, कृपा ढकाल, हरिकृष्ण भण्डारी, जयराम दाहाल, अनन्त तामाङ, तनुजा पाण्डे, अंकित सुवेदी तथा राहुल–तेज–उत्सवको समूह मनिषा राजवंशी रहेका छन् ।
प्रतिभाहरुलाई प्रमुख अतिथि गिरीले खादा र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि गिरी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, दामोदर ढुङेल सम्मानितहरूको तर्फबाट स्वेता बुढाथोकी र सेवन कार्कीले बोलेका थिए । उक्त कार्यक्रममा सहभागी अतिथि, सम्मानित ब्यक्तीहरुले सामुहिक रुपमा लोकतान्त्र पोष्टको माघ महिनाको वसन्त पन्चमीका दिन प्रकाशित म्यागेजिन लोकार्पण गरिएको थियो । काजी मिडिया एण्ड टेक्नोलोजी प्रालिका अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षता तथा लोकतान्त्र पोष्टका प्रधान सम्पादक मोहन काजी न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन केशव भट्टराईले गरेका थिए ।



















































