झापा  ।  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेद्वारको चुनाव चिन्ह र अन्तिम नामावाली प्रकाशनपछि देशभर चुनावी सरगम सुरु भएको छ । दलबाट दिइएको उम्मेद्वारी फिर्ता लिन निर्वाचन आयोगले प्रदान गरेको समयपछि देशभरबाट ४९ जनालाई फिर्ता लिएका छन् । जसमा झापाका पाँचबटै क्षेत्रमा  उम्मेद्वारले उम्मेद्वारी फिर्ता नलिएको निर्वाचन आयोग झापाले जनाएको छ । 
शुक्रबार आयोगले अन्तिम नामावली सार्वजनिक गरपछि शनिबार (आज) झापा जिल्लाका विभिन्न दलले आफ्नो पार्टीको उम्मेद्वार परिचयात्मक, बैठक, अन्तरक्रिया निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न गरेका छन् । झापा सबै क्षेत्रमा निर्वाचन परिचालन अन्तरगतका कार्यक्रम सुरु गरेको पाइन्छ । 
नेपाली कम्युनिष्ट पार्टीः
क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार अशेष घिमिरेले मेचीनगर ११, १४ भद्रपुर ९ र १० मा परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन् । पार्टीको वडाका पदाधिकारी तथा कृयाशील सदस्यबीच परिचयसहित आफ्ना एजेण्डाको विषयमा स्पष्ट पारेका थिए । 
उनले आम नागरिकको जनजीविका चलाउनदेखि गाँस बाससहित स्वास्थ्य, शिक्षा क्षेत्र निःशुल्क तथा मजदुर र पीछडा वर्गको जीवनस्तर उकास्न कानून बनाउन आफनो उम्मेद्वारी रहेकोे उल्लेख गरेका थिए ।ttttt हामी भोट किन्नेवाला छैनौँ । कुनै भड्किलो तामझाम गर्नेवाला छैनौँ । भोट किन्नु र तामझाम देखाउनु  भनेकै निर्वाचनपछिको परिणाम किनबेच र भ्रष्टाचारको व्याड राखेको हो घिमिरेले कार्यकर्तासामु स्पष्ट धारणा राखेका थिए । विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा आएका घिमिरे राजनीतिमा युवा मुद्दा र मुहारका पक्षधर पनि हुन् । परिचयात्मक कार्यक्रममा सम्बन्धित वडाका इञ्चार्ज र अध्यक्षले वडाको अवस्थाको विषयमा उम्मेद्वारलाई जानकारी गराएका थिए । यसअघि पार्टीका केन्द्रीय सदस्य बोधराज दाहाल संयोजक र विपी भट्टराई उपसंयोजक रहनेगरी ५०१ सदस्यीय निर्वाचन परिचालन समिति निर्माण गरेको संयोजक दाहालले जानकारी दिए । उनका अनुसार २१ वटा वडाका कार्यसमिति र गाउँकमिटी सदस्य तथा नगर कमिटी सदस्य रहनेगरी उक्त संख्यामा निर्वाचन परिचालन समिति गठन गरेको हो । 
नेपाली कांग्रेसः
त्यसैगरी नेपाली कांग्रेसले मेचीनगर ७, ८ र ११ मा वडामा चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालय उद्घाटन गरेको छ । चुनाव प्रचारप्रसार समितिका सभापति इन्द्रबहादुर बुढाथोकीको सभापतित्वमा मेचीनगर ७, ८ र ११ मा सम्पर्क कार्यालय स्थापना गरेको हो । कार्यक्रममा केन्द्रीय सदस्यहरु राम कट्टेल, विमल आर्चायलगायतले धारणा राखेका थिए । ggggh
नेपाली कांग्रेसले क्षेत्रीय सभापति बुढाथोकीको नेतृत्वमा एक हजार १ सय ११ जनाको निर्वाचन परिचालन तथा प्रचारप्रसार समिति एवम् विभिन्न उपसमितिसमेत बनाएको छ । उम्मेद्वार केशवराज पाण्डेलाई विजयी बनाउन तरुण दल, महिला, आदिवासी जनजाति समिति, युवा परिचालन समिति र सचिवालय समेत बनाएको सभापति बुढाथोकीले जानकारी दिए । आइतबार मेचीनगर १ र २ मा कार्यालय उद्घाटन कार्यक्रम रहेको समेत जानकारी दिए ।
नेकपा एमालेः
त्यसैगरी नेकपा एमाले झापा क्षेत्र नं।१ क्षेत्रीय समन्वय कमिटीले रविन कोइरालाको संयोजकत्वमा ५०१ जनाको निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टीका केन्द्रीय सदस्य मनोज ताम्लीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा झापा क्षेत्र नं।१ का उम्मेद्वार रामचन्द्र उप्रेतीले चुनावमा प्रतिस्पर्धाको नाममा खर्चिलो र भड्किलो नबनाउन सबै दलहरुलाई अनुरोध गरेका थिए ।gggg
एमाले क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष कृष्ण कनालको अध्यक्षता सम्पन्न कार्यक्रमको सहजीकरण सचिव राजु पोखरेलले गरेका थिए ।  उम्मेद्वार उप्रेती सहकारी अभियनता हुन् । राजनीति, लेखन क्षेत्रमा पनि अव्वल छन् । 
रास्वपाः
रास्वपा नेपालकी उम्म्द्वार निशा डाँगीले बुद्धशान्ति वडा नम्बर ४ मा चुनावी अभियान सम्पन्न गरेको छ । पार्टीले उम्मेद्वारी दर्ता गरेपछि मतदाताको उम्मेद्वारसहित घरदैलोमा पुगेको रास्वपाले शनिबार बुद्धशान्ति ४ मा अन्य पार्टी परित्याग गर्दै एकसय ५० जना रास्वपामा पार्टी प्रवेश गरेको सचिवालय सदस्य प्रेम घिमिरेले जानकारी दिए । अभियानलाई सफल बनाउन भीम कुँवरको संयोजकत्वमा एक सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।Screenshot_2026-01-24-21-59-41-954_com.android.chrome-edit त्यसैगरी महिला, युवालगायत १२ वटा विभिन्न उपसमिति समेत निर्माण गरेको संयोजक कुवरले जानकारी दिए । रास्वपाले यसअघि नै झापा क्षेत्र नम्बर १ मा पर्ने २१ ठाउँमा कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।  भोलि आइतबार मेचीनगर ३ र बुद्धशान्ति ५ मा अभियान कार्यक्रम गरेर पहिलो चरणको अभियान सम्पन्न गरिने निर्वाचन परिचालन सचिवालय समितिका सदस्य घिमिरेले जानकारी दिए । उनका अनुसार सोमबारदेखि सबै वडाका चोक तथा बजारमा निर्वाचन सम्बन्धि कार्यक्रम गर्ने पार्टीको योजना छ ।

राप्रपाः
यसैबीच राप्रपाले पनि मेचीनगरको वडा नम्बर १,२ र ३ मा निर्वाृचन परिचालन सुरु गरेको छ । eeराप्रपाबाट क्षेत्र नम्बर १ का उम्मेद्वार हेमराज कार्की र कोशी प्रदेशकी सांसद सविना बजगाई, क्षेत्रीय अध्यक्ष राजन प्रसाई, दीपेश राई लगायत वडा र नगरकमिटीका पदाधिकारीहरुको सहभागितामा मतदाता तथा सुभेच्छुक समक्ष कार्यक्रम सम्पन्न गरेको हो ।