झापा । झापा गाउँपालिकामा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । झापा गाउँपालिका-६ फुलगाछी बस्ने ४५ वर्षीय तुलाराम राई सोही ठाउँमा रहेको रानी वनमा रुखमा घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएका थिए ।
उनलाई उपचारको लागि बिर्ता सिटी अस्पताल बिर्तामोड ल्याई उपचार गराउने क्रममा दिउँसो १२.२० बजे मृत्यु भएको हो । सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।



















































