झापा । कम्युनिष्ट आन्दोलनको आधारभूमि मानिएको झापालाई एमालेको लालकिल्ला भन्दा अनुपयुक्त नहोला । २०७९ सालको निर्वाचनमा झापाको ५ मध्ये क्षेत्रमध्ये ३ वटा क्षेत्र एमालेले कब्जा जमाएको थियो । क्षेत्र नम्बर २, ४ र ५ मा एमाले उम्मेदवार विजयी भएका थिए । त्यसैले अन्य सबै पार्टीको तुलनामा एमालेमय बनाएको पाइन्छ । २०७२ सालको संविधान जारी भए यताका दुई वटा निर्वाचनको परिणामलाई आधार मान्ने हो भने ओलीकै पल्लाभारी देखिन्छ । तर, दुवै निर्वाचनमा ओलीलाई अन्य दलले सघाएर मात्रै जीत हासिल गरेका यथार्थ पनि हामीकहाँ छ ।
०७४ मा एमाले र माओवादीबीच देशव्यापी गठवन्धन हुँदा झापा-५ मा पनि ओलीलाई सहज भएको थियो । ०७९ मा आफ्नो जीत थप सुरक्षित बनाउन ३ नम्बर क्षेत्र राजेन्द्र लिङ्देनलाई छोडेर ५ नम्बरमा राप्रपाको भोटबाट ओली प्रधानमन्त्रीको कुर्सीसम्म पुगेका थिए । त्यतिबेला ओलीले ५२ हजार ३१९ मत ल्याउँदा निकटम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा रहेका रास्वपा उम्मेदवार सुरेशकुमार पोखरेलले जम्मा ११ हजार ७५९ भोट पाए ।
समानुपातिकतर्फ उसले १ लाख २७ हजार ७८० मत ल्याउँदा रास्वपा ७७ हजार ४४४ भोटसहित तेस्रो स्थानमा रह्यो । क्षेत्र नम्बर ५ मा ओलीले दोब्बर बढी मतान्तरले जितेका थिए ।
प्रतिनिधिसभाको निर्वाचनका लागि उनै ओलीको पकड क्षेत्रमा महोत्तरी थातथलो भई काठमाडौँमा जन्मिएका बालेन्द्र शाह (बालेन) तीव्र प्रतिपर्धामा उत्रेका छन् । ओलीका लागि बालेन नयाँ हुन् । लामो समयसम्म राजनीतिक खेलमा जीवन अपर्ण गरेका ओलीसँग चुनावी प्रतिश्पर्धा गर्न बालेनलाई त्यति सहज भने छैन । काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेनसँग राजनीतिक तथा संसदीय अभ्यासको अनुभव भने छैन । ओलीका लागि आफ्नो पार्टी संगठन र सुभचिन्तक नै मत परिणामको आधार छ भने शाहका लागि नयाँ युवा पुस्ताको हुटहुटीको आधार भएको पाइन्छ । काठमाडौँका मतदाता यिनले आफैँलाई भोट दिन पाउने छैनन् ।
प्रत्यक्ष जोडिने स्थानीय तहमा पनि एमालेकै बर्चस्व भएको पाइन्छ । दमक नगरपालिका, कमल गाउँपालिका, गौरीगञ्ज गाउँपालिकाका वडा नं। ३, ४, ५ र ६ तथा गौरादह नगरपालिकाका वडा नं। १, २, ३, ४, ५, ६, ७, ८ झापा क्षेत्र नम्बर ५ मा पर्दछ । यसमध्ये गौरादहको मेयर र उपमेयरसहित चार वटा वडामा एमालेको नेतृत्व छ । गौरीगन्जको उपमेयरसहित तीन, कमल गाउँपालिकाको उपाध्यक्षसहित चार र दमकका सात जना वडाध्यक्ष एमालेका छन् । त्यसैले पनि बालेनलाई चुनावी प्रतिश्पर्धा फलामको चिउरा चपाउनु झं हुने देखिन्छ ।
अर्कोतर्फ यो पटक अन्य पार्टीले ओलीलाई सहयोग गर्ने देखिदैन । प्रतिनिधि सभाको चुनावमा अन्य ठुला दलहरु कांग्रेसले मंधरा चिमरियालाई चुनावी मैदानमा पठाएको छ । नेपाली कम्युनिस्ट पार्टीले रन्जित तामाङलाई उम्मेदवार बनाएको छ । राप्रपाले आफ्नो दलबाट उम्मेद्वारी उठाएका छन् । चुनाव जित्न साम, दाम, दण्ड, भेदको प्रयोग गर्ने पुराना खेलाडीको अगाडि बालेनको हट पुरा नहुने र युवा पुस्ताको माहोलका आधारमा जीत सुनिश्चित हुने राजनीतिक विश्लेषकको भनाई छ । यता ओलीलाई आफ्नै संगठनका नेतृत्वले साथ छोडेका छन् भने बालेनलाई साथ दिन दुर्गा प्रसाई पनि अघि बढेको पाइन्छ । प्रसाईले ओलीका निकट सल्लाहकार डा. गिरीले पनि साथ छोडेका छन् । डा.गिरी नाताले प्रसाईका साला हुन् ।



















































