झापा । नेपाली काँग्रेसले झापाले पाँच क्षेत्रमा उम्मेद्वारको टुङ्गो लगाएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काँग्रेसले झापा १ मा केशबराज पाण्डेलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । झापा १ का उम्मेद्वार पाण्डे काँग्रेस झापाका उपसभापति हुन् ।
त्यस्तै क्षेत्र नं। २ मा सरिता प्रसाईलाई टिकट प्रदान गरिएको छ । प्रसाई पुर्व केन्द्रीय सदस्य तथा पुर्व सांसद हुन् । झापा ३ मा राजेन्द्र घिमिरेलाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारको रुपमा मैदानमा उतार्ने भएको छ । घिमिरे महाधिवेशन प्रतिनिधि हुन् । झापा ४ मा देउकुमार थेबे उम्मेद्वार घोषणा गरेको छ । थेबे काँग्रेस झापाका सभापति हुन् ।
झापा ५ मा इन्द्रविक्रम नेम्बाङको नाम मस्यौदा गरेर केन्द्रीय समितिमा पठाएको भएपनि हालसम्म निर्णयको पर्खाइमा रहेको जिल्ला समितिका सचिव कृष्ण हुँमागाईले जानकारी दिए ।



















































