झापा । झापा क्षेत्र नं ४ मा मनोज ताम्लीले निर्वाचन नजित्ने आकलन देखेको नेकपा एमालेले निर्णय उल्टाउँदै एलपी साँवालाई टिकट दिएर प्रतिनिधि सभाको चुनावी मैदानमा उतारेको छ । 

एमालेको केन्द्रीय सचिवालय बैठकले हिजो शनिबार ताम्लीलाई टिकट दिएको थियो । टिकट दिएसँगै साँवाले गुनासो गरेपछि निर्णय उल्टाएर साँवालाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । ताम्लीलाई उम्मेद्वार बनाउने भनी तयार गरिएको मस्यौदालाई सच्याएको एमाले झापाका अध्यक्ष प्रेम गिरीले बताए ।
साँवाले २०७४ र २०७९ को निर्वाचनमा विजयी हासिल गरेका थिए । यस पटकको निर्वाचनमा पनि उनको क्रेज राम्रो रहेको भन्दै निर्णय परिर्वतन गरेको हो ।