झापा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले झापा क्षेत्र नम्बर १ र ५ मा उम्मेद्वार तोकेको छ । क्षेत्र नम्बर १ मा अशेष घिमिरेलाई उम्मेद्वार तोकेको छ।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरुले शनिबार घिमिरेलाई झापा-१ को टिकट प्रदान गरेका छन् ।
नेकपा केन्द्रीय कमिटी सदस्य रहेका झापा धुलाबारीका घिमिरे पुर्व नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य हुन् । एकतापछि उनी केन्द्रीय सदस्य बनेका हुन् ।
त्यसैगरी झापा-५ बाट रञ्जित तामाङलाई उम्मेद्वार बनाएको छ ।
झापा-५ बाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार बन्ने चर्चा चलिरहेको बेला नेकपा संयोजक पुष्पकमल दाहालले युवा नेता तामाङलाई पार्टीको टिकट दिएका हुन् ।
तामाङलाई शनिबार आफ्नो निवासमा बोलाएर दाहालले प्रतिनिधिसभा उम्मेदवारको टिकट दिएका हुन् । आफूलाई संयोजक दाहालले टिकट दिएको तामाङले बताए । आफ्नो बालापनदेखि राजनीतिक यात्रा समेत झापा-५ बाटै सुरु गरेकाले चुनावमा उठ्ने निर्णय गरेको तामाङले बताए ।