विर्तामोड । झापाको बिर्तामोड–भद्रपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गयराति ८।१५ बजे बिर्तामोड-८ हर्चना टोलस्थित सडकखण्डमा सैनिकमोडबाट भद्रपुरतर्फ जादै गरेको प्र१–०१–०१४ प ५११९ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर-७ बस्ने बर्ष ३६ का सुदिर निरौला गम्भीर घाइते भएका थिए । घाइते निरौलालाई बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राति ९ः१५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



















































