काठमाडौं । नेपाली कांग्रेसका दुवै पक्ष आफ्नै अग्रसरतामा निर्वाचन आयोग पुगेका छन् । शुक्रबार मात्रै सबै १६५ निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ । कांग्रेसको विवादमा सकेसम्म माघ ६ गतेको मनोनयनलाई असर नपर्नेगरी आयोगले मूल्याङ्कन र आफ्नो काम फास्ट ट्र्याकमा गरेको छ। त्यसमा अध्यावधिक र आधिकारिकताको कुरा रहेकाले प्रचलित विधिविधानमै टेकेर हामीले निर्णय गर्ने हो। सहायक प्रवक्ता जिसीले बताए। शुक्रवार कांग्रेसका दुवै पक्ष आफ्नै अग्रसरतामा नेता(कार्यकर्ताहरू सहित आयोग पुगेर पदाधिकारीहरूसँग छलफल गरेका थिए। पार्टी कार्यकर्ताहरूले आयोगको बाहिर बसेर नाराबाजी समेत गरेका थिए।



















































