काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ । बुधबार मध्यराति निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरेका हुन् । विशेष महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार थापा सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।
नयाँ कार्यसमितिअन्तर्गत दुई उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् । त्यस्तै, दुई महामन्त्रीमा प्रदिप पौडेल र गुरु राज घिमिरे छन् । सह–महामन्त्रीमा समावेशी संरचनाअनुसार विभिन्न समूहबाट प्रतिनिधित्व गरिएको छ ।
महिला सह–महामन्त्रीमा डा. डिला संग्रौला पन्त चयन भएकी छन् । दलिततर्फ प्रकाश रसाईली स्नेही, आदिवासी जनजाती तर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर राणा, मधेशीतर्फ मुक्ता कुमारी यादव, मुस्लिमतर्फ फर्मुल्ला मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रतर्फ कर्णबहादुर बुढा सह–महामन्त्री बनेका छन् ।
केन्द्रीय सदस्यतर्फ खुला कोटाबाट ३५ जना चयन भएका छन् । खुला सदस्यहरूमा गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुन नरसिंह के.सी., राजेन्द्र कुमार के.सी., अर्जुन प्रसाद जोशी, सुरेश कुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर शिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, धुर्व वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्वल बराल, जनक गिरी, देवप्रसाद तिमिल्सिना, अजय बाबु शिवाकोटी, प्रेमबहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई, प्रदिप शर्मा, जगत जोशी, प्रमोदहरी गुरागाई, डा. केदार नरसिंह के.सी., विदुर बस्नेत, तिर्थजंग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्रगोपाल सिंह छन् ।
महिला खुलातर्फ नौ केन्द्रीय सदस्य चयन भएका छन् । यसमा चम्पादेवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गिता सत्याल, सन्तोषी साउद ऐरी र दिलकुमारी राई छन् ।
प्रदेशगत संरचनाअनुसार कोशी प्रदेशबाट महिला सदस्यमा सारदा देवी कोईराला र खुलामा हिमालय कर्माचार्य तथा अग्नी पौडेल छन् । मधेश प्रदेशबाट महिला सदस्यमा मधु शाही तथा खुलामा रामानन्द यादव र बजरंग नेपाली चयन भएका छन् ।
बागमती प्रदेशबाट महिला सदस्यमा उमा दाहाल तथा खुलामा जितनारायण श्रेष्ठ र रमेश धमाला छन् । गण्डकी प्रदेशबाट महिला सदस्यमा विष्णु देवी पाण्डे तथा खुलामा रेशम बानियाँ र कृष्ण के.सी. चयन भएका छन् ।
लुम्बिनी प्रदेशबाट महिला सदस्यमा पवित्राकुमारी अर्याल तथा खुलामा केशव आचार्य र रामबहादुर कार्की छन् । कर्णाली प्रदेशबाट महिला सदस्यमा रामदेबी खड्का तथा खुलामा दिक्पाल शाही र नारायण भट्टराई चयन भएका छन् ।
सुदूरपश्चिम प्रदेशबाट महिला सदस्यमा निपा चोख्याल तथा खुलामा हिमबहादुर रावल र नरेन्द्रप्रसाद भट्ट छन् । अपाङ्गता भएका खुलातर्फ प्रकाश पन्थ र अल्पसंख्यकतर्फ शिवनारायण सिंह गनगाई केन्द्रीय सदस्य बनेका छन् ।
दलित महिला कोटाबाट सिता मिजार, छायाँ सुनार, गंगा सुनार र लिला नेपाली चयन भएका छन् । दलित खुलाबाट मैकुलाल बाल्मिकी, शिवबहादुर सुनार, धर्मनेपाली दर्जी, सुर्य बि.क. र दिनेश सुनार छन् ।
आदिवासी जनजाती महिलातर्फ सपनाराज भण्डारी, प्रमिला राई, मन कुमारी गुरुङ, कुशुमदेवी थापामगर, लिलादेवी बोखिम लिम्बु, डा. अमिता प्रधान र छीन्दुल्होमु शेर्पा चयन भएका छन् । आदिवासी जनजाती खुलातर्फ तारामान गुरुङ, अस्तकुमार कबे, छन्दबहादुर पहराइ मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भिम श्रिष, नरेन्द्र केरुङ र दिपन श्रेष्ठ छन् ।
खसआर्य महिला कोटाबाट उमा शिवाकोटी, बाला अधिकारी, मुना भुषाल, इन्दिरा कार्की, विनिता खड्का र सम्झना खत्री चयन भएका छन् । खसआर्य खुलातर्फ विजय स्वार, मथुरा घिमिरे, जगदिश चन्द्र उपाध्याय, विष्णुकुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल र कमल भुषाल छन् ।
मधेशी महिला कोटाबाट अञ्जु झा, चन्द्रकला कुमारी यादव, गोमा अन्सारी र निलम साह चयन भएका छन् । मधेशी खुलाबाट राम पल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिल कुमार यादव र रामरुप प्रसाद छन् ।
मुस्लिम महिला कोटाबाट सनम वेगम तथा मुस्लिम खुलाबाट अब्दुल रज्जाक गद्दी र अब्दुल सत्तार चयन भएका छन् । थारु महिलातर्फ नवोदिता चौधरी र सुनिता राना तथा थारु खुलातर्फ सुरेन्द्र प्रसाद चौधरी र गोपाल दहित केन्द्रीय सदस्य बनेका छन् ।
त्यसैगरी, पिछडिएको क्षेत्र खुलातर्फ दिपक जंग शाह चयन भएका छन् । यसअघि बुधबार बसेको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठकले गगनसहित तीन नेतालाई पार्टीबाट निष्काशनको घोषणा गरेको थियो । तर विशेष महाधिवेशनले त्यसलाई खारेज गरेको छ । यससँगै कांग्रेस विभाजित बनेको छ भने अब देउवा समूह र गगन समूहबिच आधिकारिकताको विवाद सतहमा आउने देखिएको छ ।



















































