सुरुङा । गयराति झापाको शिवसताक्षीमा अटो पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
शिवसताक्षी–१ लक्ष्मीनारायण मावि नजिक भित्री पक्की सडकखण्डमा धरमपुर चौकबाट चर्चाबारी घरतर्फ जाँदै गरेको प्र १–२–००२ ह ९६९९ न.को अटो आफै अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको हो ।
दुर्घटनामा अटो चालक सोही ठाउँका ४० वर्षीय बीरबहादुर चेम्जोङ घाइते भएका थिए । टाउकोमा चोट लागेर घाइते भएका चेम्जोङकाे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।





















































