झापा । झापाको झापा गाउँपालिकामा एक वालक पानीमा डुवेर मृत्यु भएको छ । झापा गाउँपालिका वडा नम्बर २ सडकबारी बस्ने दिनेश कडेलको ३ वार्षीय छोरा दिवांस कडेलको मृत्यु भएको हो ।
उनी खेल्ने क्रममा आफ्नै घर अगाडि पानी रहेको खाल्डोमा डुबी घाईते भएका थिए । उनको उपचारका क्रममा बिर्तासिट्टी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

















































