विर्तामोड । झापाको बिर्तामोड नगरपालिका–४ आगमन टोलमा घरको रेलिङबाट लडेर ६ वर्षीय रियान्स कार्कीको पचारका क्रममा मृत्यु भएको छ।
आफ्नै तीनतले घरको माथिल्लो तलामा खेल्ने क्रममा लडेका रियान्स कार्की गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएनसी अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना पुष २ गते राति करिब ८ः१५ बजे भएको हो। रेलिङ नजिक खेलिरहेको अवस्थामा बालक अचानक तल झरेका थिए। अस्पतालमा चिकित्सकको निगरानीमा उपचार भइरहेको अवस्थामा बिहीबार साँझ ७ः१५ बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

















































