बिर्तामोड । झापाको बिर्तामोड वडा नम्बर ६ मा पर्ने एसियन हाइवेको डाइभर्सनमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भद्रपुर वडा नं ९ बस्ने २५ वर्षीय भुपाल अधिकारी र भद्रपुर वडा न.७ बस्ने २५ वर्षीय शिर्षक सुवेदी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको आफन्तले शव बुझेको प्रहरीले जनाएको छ ।
शनिबार साँझ बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटनजिक डाइभर्सनमा चारआलीबाट बिर्तामोडतर्फ आउँदै क्रममा मे ५ प ६२२२ को मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनापछि अधिकारी र सुवेदीको अनुहार, मुख र शरीरको बिभिन्न भागमा भित्री चोट लागेर घाइते भएका थिए ।
उनीहरुको उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा डाक्टरले चेकजाँच गर्न सुरु गर्ने क्रममा दुवै जनाको मृत्यु भएको सहभागी चिकित्सकले जनाएका छन् । मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

















































