मेचीनगर । झापाको मेचीनगर-४ आलडाँगीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु भएका पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।आलडाँगी तलतिर पानीको ट्यान्की नजिक मधेसी मुलका मानिस मृत अवस्था फेला प्रहरीको भनाई छ । मृतकको परिचय खुल्न नसकेको र उनी बिगत केही दिनदेखि बाहुण्डाँगी आसपासमा मागी हिड्ने गरेको बाहुण्डाँगी प्रहरी चौकीका प्रहरी साहायक निरीक्षक दानबहादुर श्रेष्ठले जानकारी दिए ।

















































