झापा । झापाको बाह्रदशीको पोखरीमा ढुवेर एक बृद्धाको मृत्यु भएको छ । प्रगती इटाभट्टाले आफ्‌नो प्रयोजनको लागि बनाएको पोखरीमा डुबेर बाह्रदशी-५ बुधबारे बस्ने बिरबहादुर तामाङकी पत्नि ६६ वर्षीया नंगमाया तामाङको मृत्यु भएको हो । बिहीबार घरबाट निस्केकी नंगमाया घर फर्की नआएपछि छोरा दलबहादुर तामाङले खोजतलास गरेका थिए । त्यस क्रममा घरदेखि ३०० मिटर पश्चिममा रहेको इटाभट्टाको पोखरीमा वृद्धा तामाङलाई  डुवेको अबस्थामा फेला परिएको थियो । उनको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ । कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।