झापा । नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल दुवैले उम्मेद्वारी दर्ता गरेका छन् ।

आआफ्नो समूहका पदाधिकारीसमेत टुंगो लगाएका छन् । ओलीको समूहले महासचिवमा यसअघिका महासचिव शंकर पोखरेललाई नै अघि सार्ने निधो गरेका छ । पोखरेल समूहबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेद्वार बनेका छन्।Screenshot_2025-12-15-17-22-26-193_com.facebook.katana-edit

त्यस्तै ओली समूहले पाँच उपाध्यक्षमा आफ्नो समूहबाट विष्णुप्रसाद पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई उम्मेद्वार बनाउने निधो गरेको छ । महासचिवमा दाबी गरेका ज्ञवालीले आफूलाई उपाध्यक्ष बनाउने ओलीको निर्णयमा असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्य मात्र बस्ने भन्दै महाधिवेशनस्थल छाडेका छन्। पोखरेल समूहले उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, विन्दा पाण्डे, परशुराम मेघी गुरुङलाई अघि सारेको छ । यसअघि ओली समूहमा रहेका रुघुजी पन्तलाई ओलीले आफ्नो समूहमा नराखेपछि पोखरेल समूहले उनलाई उपाध्यक्षमा उम्मेद्वार बनाउने भएको छ।Screenshot_2025-12-15-17-22-42-141_com.facebook.katana-edit

ओली समूहको उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टको नाम तय भएको छ भने पोखरेल समूहले उपमहासचिवमा योगेश भट्टराई र बैजनाथ चौधरीलाई उठाउने भएको छ।

एमालेको नौ सचिव पदमा ओली समूहबाट भानुभक्त ढकाल, शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, यामलाल कँडेल र छविलाल विश्वकर्मा उम्मेद्वार बनेका छन् । पोखरेलको समूहबाट सचिव पदमा रचना खड्का, विनोद ढकाल र कर्ण थापाको नाम तय भएको छ ।

दुवै समूहले अहिले समूहगत उम्मेद्वारको नाममा छलफल जारी राखेका छन्। पोखरेल समूहले ओली समूहसँग असन्तुष्ट नेतालाई आफ्नो समूहमा समेट्ने प्रयास गरिरहेको छ। स्रोतका अनुसार अन्तिमसम्ममा दुवै समूहको उम्मेवारको नाम हेरफेर हुने सम्भावना छ। अहिले उम्मेद्वारी दर्ता जारी छ।