झापा । नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष तथा समानुपातिक दुबै तर्फका आकांक्षीहरूको नामावली प्रदेश नेतृत्वलाई सिफारिस गरेको छ।
जिल्ला सभापति देउकुमार थेवेको अध्यक्षतामा आज बसेको जिल्ला कार्यसमितिको बैठकले पाँचै क्षेत्रका उम्मेदवारहरूको सूची सर्वसम्मत रूपमा कांग्रेस कोशी प्रदेश समितिमा पठाउने निर्णय गरेको हो।
केन्द्रीय समितिले मंसिर १५ गते नै संगठन केन्द्रीय विधानअनुसार क्षेत्रीय स्तरमा बैठक बसेर नाम सिफारिस गर्न निर्देशन दिएको थियो। त्यसअनुसार झापाका सबै क्षेत्रमा विवादरहित रूपमा नाम सिफारिस भएको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिए। सिफारिसमा राय–सुझाव आवश्यक परे जिल्ला कार्यसमितिले पुनः पठाउन सक्ने व्यवस्था पनि खुला राखिएको छ। क्षेत्र नम्बर -१ मा प्रत्यक्षतर्फ विश्वप्रकाश शर्मालाई एकल सिफारिस गरेको छ।
त्यस्तै समानुपातिकतर्फ रामबहादुर कट्टेल, खड्गबहादुर धिमाल, नारायण गिरी, गोमा भट्टराई, राधा कार्की, शोभा श्रेष्ठ नेम्बाङलाई सिफारिस गरेको छ ।
त्यस्तै प्रत्यक्षतर्फ सरिता प्रसाई, छत्रबहादुर गिरी, सजेश शिवाकोटीसिफारिस गरेको छ ।
समानुपातिक सीता पौडेल, उमा शिवाकोटी, हस्त परियार, मिरा खड्का, उर्मिला पोखरेल, देवी निरौला बस्नेत, मनुमाया विश्वकर्मा, पाण्डवलाल चौधरी, रणदेव हजाम, कृष्णबहादुर श्रेष्ठसिफारिस गरेको जिल्ला पार्टी कार्यालयले जनाएको छ ।
क्षेत्र  नम्बर-३ को प्रत्यक्षतर्फ नवीन विमली, भगिरथ पोद्धार, शर्मिला अधिकारी, टिकाराज ढकाल, सिताराम खड्का, श्यामप्रसाद सिटौला, राजेन्द्र घिमिरे, देउप्रसाद लावुङ्ग लिम्बुलाई सिफारिस गरेको छ ।
समानुपातिकतर्फ सुशिला ढकाल, हरिकृष्ण घोष, खड्ग राजवंशी, बडाराम हेमरम, सितादेवी भट्टराई, लता कार्की, उर्मिला गौतम, कृष्णकली राजवंशी, लालबहादुर कन्दङवा, शिला तामाङलाई सिफारिस गरिएको छ।
क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ देउकुमार थेवे, उत्तमबहादुर चौंलागाई, धनमाया चिमरियालाई सिफारिस गरिएको छ भने समानुपातिकतर्फ सन्तोषकुमार मेनेङ्बो, टंकबहादुर विश्वकर्मा, सूर्यनारायण ताजपुरिया, सुन्दर बेस्रा, मथुरादेवी श्रेष्ठलाई सिफारिस गरिएको छ । 
क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ  अइन्द्रविक्रम केरुङ, पदमबहादुर पौडेल, मन्दरा पौडेल चिमरिया, मेदनीप्रसाद सिटौला, देवीप्रसाद दाहाल, खगेन्द्रप्रसाद पाण्डव अधिकारी, सिरम कार्कीलाई सिफारिस गरिएको छ ।
समानुपातिक : महेन्द्राकुमारी लिम्बु, सुरेश सुब्बा, दिलिप राई, सत्यनारायण चौधरी, भूमिराज राई, चन्द्रा खड्का भट्टराई, कृष्णबहादुर धिमाल, रामकुमारी पौडेल, मेनुका बुढाथोकी, अम्बर बराईली, निरोज अग्रवाल, भिममाया उप्रेती भुजेल , रोहितकुमार चौधरी, भुमिराज राई, चन्द्रा खड्का भटराई, कृष्णबहादुर धिमाल, रामकुमारी पौडेल, मेनुका बुढाथोकी, अम्बर बराईली, निरोज अग्रवाल, भिममाया उप्रेती (भुजेल) र रोहितकुमार शाहको नाम सिफारिस गरिएको छ ।