झापा । चार महिनाको शिशु (छोरा) को हत्या आरोपमा पक्राउ परेका प्रहरी अधिकारीको परिचय खुलेको छ आइतबार चार महिने शिशुको हत्या प्रहरी सहायक निरीक्षक पुष्कर कार्की रहेको प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुरमा भट्टराईले जानकारी दिए ।
कार्कीले चार महिने शिशुको आफू बस्दै आएको काठमाडौँको सिनामंगलस्थित कोठामा हत्या गरेको प्रवक्ता भट्टराईले जानकारी दिए । उनी त्रिभुवन विमानस्थलमा प्रहरी सहायक निरीक्षक (असई) का रुपमा कार्यरत रहेका थिए। उनको घर डोटी जिल्लामा हाे। रोजगारी गर्दै काठमाडौँमा बसेका असई कार्कीले शिशुको हत्या गर्नुका कारणबारे प्रहरीले खुलाएको छैन।
हाल कार्की काठमाडौँ प्रहरी परिसरमा थुनामा राखिएको छ। सोमबार आज उनलाई अदालत उपस्थित गराउने तयारी गरिएको प्रवक्ता भट्टराईले बताए।




















































