अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजारमा आगलागी हुँदा ९० लाख बराबरको क्षति भएको छ । गएराति अन्दाजी ८ः४० बजेको अर्जुनधारा–८ शनिश्चरे बजारका सन्तोष शाहले सञ्चालन गर्दै आएको हार्डवेयर पसलमा अचानक बिद्युत सर्ट भएर आगलागी हुँदा उक्त मूल्य बराबरकोे क्षति भएको हो ।
आगलागी भएपछि स्थानीय, सशस्त्र प्रहरी सुरक्षा बेश शनिश्चरे, प्रहरी चौकी शनिश्चरे, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण नियन्त्रणमा आएको जनाइएको छ । आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।




















































