झापा । नेकपा (एमाले) आसन्न ११ औं महाधिवेशनका लागि सातवटा प्रदेश कमिटीबाट प्रतिनिधि छनोट भएका छन् । मंसिर २७, २८, २९ गते हुने महाधिवेशनका लागि सबै प्रदेश कमिटीबाट निर्विरोध प्रतिनिधि छनोट गरिएको हो । कोशी प्रदेशबाट घनश्याम खतिवडा, टीकाकाराम चेम्जोङ, राजकुमार भण्डारी, जलवर्षा राजबंशी, सिर्जना राई निर्वाचित भएर आएका छन्। मधेस प्रदेशबाट चण्डेश्वर मण्डल, विचारी शाह, मनोज पौडेल, आरती भण्डारी र बीना शर्मा निर्वाचित भएका छन् । 
सुदूरपश्चिम प्रदेश कमिटीबाट कृष्णप्रसाद जैसी, कालीबहादुर शाही, रणबहादुर चन्द, भगवती बिष्ट र झुमा चौधरी छानिएका छन् । कर्णाली प्रदेशबाट गुलाबजंग शाह, टेकराज पछाइँ, ध्रुवकुमार शाही, पद्मा खड्का र कौसिला खत्री प्रतिनिधि चयन भएका छन्। लुम्बिनी प्रदेशबाट राधाकृष्ण कँडेल, भोजबहादुर श्रेष्ठ, लक्ष्मण आचार्य, लीला राणा र मञ्जु गुरूङ चुनिएका छन्। 
यस्तै गण्डकी प्रदेशबाट नवराज शर्मा, धनञ्जय दवाडी, मीनप्रसाद गुरूङ, मन्जु अधिकारी र तारामाया थापा निर्वाचित भएका छन्। बागमती प्रदेशबाट कैलाशप्रसाद ढुंगेल, दावा दोर्जे लामा, नवराज सिलवाल, भक्तकुमारी लामा, गंगादेवी श्रेष्ठ चुनिएकी छन्।