झापा । संशोधित ऐन खारेजीको माग गर्दै देशभर आन्दोलित बनेका औषधि व्यवसायी र सरकारबीच सहमतिपछि जारी आन्दोलन फिर्ता लिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि बिभाग र राष्ट्रिय औषधी व्यवसाय संरक्षण समितिबीच ३ बुँद्दे सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् । तीन बुँदे सहमतिमा व्यवसायीका संगठनहरूले औषधि ऐन, २०३५ को दफा ११ को उपदफा (३) लाई संशोधन र उपदफा (५) लाई खारेज गर्ने माग पेश गरेकाले औषधि ऐन, २०३५ को दफा ११ का उपदफाहरूमा प्रचलित कानून बमोजिम संशोधन गर्नका लागि आवश्यक प्रक्रिया ३० दिनभित्र सहजीकरण गर्ने सहमति भएको छ । FB_IMG_1764645877489FB_IMG_1764645874355त्यस्तै मंसिर २ गते औषधि व्यवसायीका संगठनहरूले पेश गरेका विषयहरूमध्ये कानूनसँग सम्बन्धित बाहेकका विषयहरू (प्रशासनिक निर्णयहरू मार्फत समाधान हुने विषयहरू पुनः दर्ता लगायतका विषय) औषधि व्यवस्था विभाग मार्फत सहजीकरण गर्ने र औषधि व्यवसायी संघकाे नेतृत्वमा बनेको राष्ट्रिय औषधि व्यवसाय संरक्षण समितिले आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता गर्ने सहमति भएको औषधि ब्यवसायी संघ झापाका अध्यक्ष जीवनकुमार खड्काले जानकारी दिए ।