झापा । औषधि व्यवसायीहरुका लागि सरकारले ल्याएको संशोधित ऐनविरुद्धमा देशभरका औषधि व्यवसायी आन्दोलित बनेका छन् । संशोधित औषधि ऐनमा राखिएको दण्ड, जरिवाना र संस्था खारेजी सम्बन्धि प्रावधान तत्काल खारेज गर्न माग गर्दै आन्दोलित बनेका हुन् । देशभरका ५६ जिल्लाका औषधि व्यवसायीहरुले आआफ्नो औषधि पसल बन्दसहित कालोपट्टी बाँधेर विरोध जनाएका हुन् । आइतबार आज ११ बजेदेखि एक घण्टा औषधि पसल बन्द गर्दै औषधि व्यवसायीले कालो पट्टी बाधेर आन्दोलित बनेका हुन् । dsदेशभरका नेपाल औषधि व्यवयासी संघ, नेपाल आयुर्वेद औषधि व्यवसायी संघ र नेपाल पशुपक्षी औषधि व्यवसायी संघ विरोधमा उत्रेका हुन् ।
झापामा चार सयको संख्यामा औषधि पसल व्यवयासी रहेका छन् । भोलि सोमबारपनि देशभरका औषधि पसल ११ बजेदेखि २ घण्टा बन्द गर्ने निर्णय भएको औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवनकुमार खड्काले जानकारी दिए । उनका अनुसार सरकारले गत साउन १४ गते संशोधित ऐन ल्याएको थियो । साउन २१ गते सरकारलाई औषधि महासंघले संशोधनपछि व्यवसायीहरुमा परेको समस्याको विषयको मागसहित ध्यानाकर्षण गराएको थियो । trisul fharmaतर, सरकारले उक्त मागको वेवस्था गरेरपछि आन्दोलनमा उत्रिन बाध्य भएको उनको भनाई छ ।
उक्त संशोधित ऐन ल्याउँदा औषधि व्यवसायी संघसँग समन्वय नगरेको व्यवसायीको गुनासो छ । अहिले संशोधन गरेर ल्याएको औषधि ऐन २०३५ को दफा ११ को उपदफा ५  जहाँ हाम्रो नविकरणको म्याद सिद्धिएको भोलीपल्ट हामीलाई सतप्रतिशत जरिवाना लगाउने व्यवस्था गरिएको छ । जुन नेपालको संविधानले पनि यतिको कारवाही हुनुपर्छ भन्दैन ।cz आमऔषधि व्यवसायीको मनोबल गिराउने उद्देश्यले सरकारले उक्त ऐन ल्याएको व्यवसायीहरुको भनाई छ । ऐनमा उल्लेख भएको उपदफा ५ पूर्णरुपमा खारेज गर्नुपर्दछ भन्ने मुख्य माग रहेको अध्यक्ष खड्काको भनाई छ । उनले सो माग आगामी नौ दिनभित्र सम्बोधन नभए आफूहरु कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिए । खारेजीपछि औषधि पसल दर्ता गर्न झनै झञ्झटिलो भएको समेत अध्यक्ष खड्काको भनाई छ ।
पुरानो औषधि ऐनमा औषधि पसलको नविकरणको म्यान सकिएको ३५ दिनभित्र नविकरण गर्न पाउने व्यवस्था थियो । संशोधित ऐनमा नवीकरणको म्यान सकिएको भोलिपल्ट सतप्रतिशत जरीवाना र संस्थाको नवीकरण एक महिनाभित्र नगरे स्वतः खारेज हुने उल्लेख भएकाले उक्त ऐन खारेजीको माग गर्दै आन्दोलनमा उत्रनुपरेको नेपाल औषधि व्यवसायी संघ झापाका सदस्य एवम् रोशन मेडिकलका सञ्चालक रोशन भुजेलले जानकारी दिए । सरकारको ध्यानाकर्षण गराउन यसअघि गत मंसिर २ गते  देशव्यापी रुपमा आन्दोलित बनेका थिए ।