झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि शनिबार देशैभर प्रतिनिधि छनोट भएका छन् । महाधिवेशनका लागि देशभरि शान्तिपूर्ण रूपमा करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका हुन् । छनोट प्रक्रिया अन्तरगत झापा क्षेत्र नं. १, ३, ४ र ५ को नतिजा सार्वजनिक भएको छ ।झापा निर्वाचन क्षेत्र नं. १ बाट दुई महिलासहित ६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचित भएकाहरुमा खुल्लातर्फ राजु पोखरेल, असारु राजबंशी र लक्ष्मी राई रहेका छन् । महिलातर्फ रमा भण्डारी र जानुका ओली निर्वाचित भएका छन् भने युवातर्फ दिपक बराल निर्वाचित भए । झापामा क्षेत्र नं. २ बाहेक नेकपा (एमाले) ले ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । मतदान प्रक्रियाबाट प्रतिनिधि छनोट गरेको हो । क्षेत्र नं. २ को गणना विहान ८ बजेसम्मलाई स्थगित गरिएको बुझिएको छ ।
यसैगरी, क्षेत्र नं. ३ बाट दुई महिलासहित छ जना निर्वाचित भएका छन् । निर्वाचित भएकाहरुमा खुल्लातर्फ छविलाल चुडाल, त्रिलोचन सापकोटा र बसन्त बानियाँ रहेका छन् । महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल निर्वाचित भए । युवातर्फ अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् ।
झापा निर्वाचन क्षेत्र नं. ४ बाट दुई महिलासहित ७ जना निर्वाचित भएका छन् । निर्वाचित भएकाहरुमा खुल्लातर्फ रोशन थोप्रा, रविन्द्र लम्साल, एलपी सावा र हिमबहादुर कार्की रहेका छन् । महिलातर्फ कृष्णमाया भुजेल र गोमा रिजाल निर्वाचित भए । युवा तर्फ रोशन सुबेदी निर्वाचित भएका छन् ।
त्यसैगरी झापा क्षेत्र नं. ५ मा खुल्लातर्फ अम्विकाप्रसाद खनाल, शिव दुगेल, होमबहादुर थापा, तुलसी कार्की निर्वाचित भएका छन् । महिलातर्फ अम्बिकादेवी अधिकारी (गीता), नर्वदा उप्रेती गौतम, लिला ढुङ्गेल दाहाल निर्वाचित भए । युवातर्फ युवराज पौड्याल (विवश) निर्वाचित भएका छन् । झापामा दुई दलितसहित ३८ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन् ।




















































